सिंहदरवारको दक्षिण गेटबाट सहसंयोजक हरिकृष्ण गजुरेलसहित ६ जना पक्राउ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सिंहदरबारको गेटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका केन्द्रीय नेताहरू रहेका छन्।

सो पार्टीले बाढी पिडितहरुलाई छिटोभन्दा छिटो राहतको व्यवस्था मिलाउन,घाइतेहरूको निशुल्क उपचार गर्न भन्दै विरोध पर्दशन गरेकाे बुझिएको छ।

गिरफ्तार पर्नेमा पार्टीका सहसयोजक हरिकृष्ण गजुरेल,सुनिता,प्रकास,भीष्म,मोहन,अरुणलगायतका नेता कार्यकर्ता गिरफ्तार परेको नेतृ शिलु न्यौपानेले बताइन्।

 त्यस्तै सिंहदरबारको गेट अगाडि कालो झन्डा समेत देखाइएको थियो।

आइतबार दिउँसो कालो झन्डा देखादा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलको नेतृत्वमा प्रदर्शन गर्न पुगेका ६ जना कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।

निधोषित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। उनीहरूलाई प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ।