जुवा खेलिरहेका पाँच चिनियाँ पक्राउ, २३ लाख ९८ हजार बरामद

काठमाडौं । प्रहरीले २३ लाख ९८ हजार रुपैयाँसहित पाँच चिनियाँ नागरिकलाई ठमेलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

ज्याठास्थित यम कुमारी श्रेष्ठको घर भाडामा लिएर क्वान छि नामक रेष्टुरेन्ट चलाउँदै आएका चिनियाँ जुवा खेल्दै आएका हुन्।

पक्राउ पर्नेमा काठमाडौंको ठमेल बस्ने ५४ वर्षीय चु खछ्याङ, ३३ वर्षीय हुई फङ, ५० वर्षीय वन च्रिमेई, ४३ वर्षीय वाङ चियौ र ३८ वर्षीय लेउ सुन रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका चिनियाँहरु अन्य अपराधमा समेत संलग्न हुन सक्ने देखिएको प्रहरी स्रोत बताउँछ।

उनीहरूको साथबाट फिस सुट गेम खेल्ने उपकरण, मजोङ सेट र मजोङ खेल्न प्रयोग गरिने विभिन्न आकृतिका गोटीहरू बरामद गरिएका छन्।