ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ स्थित अतिथि सत्कार होटेलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दैलेख गुराँस गाउँपालिका-४ बस्ने २५ वर्षीय चेतन शाही र २४ वर्षीय पवन शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।