खुकुरी प्रहार गरी महिलाको हत्या

गोरखा । पालुङटार नगरपालिका–७ कि २८ वर्षिय रस्मी कुमालको खुकरी प्रहार गरि हत्या भएको छ।

बुधबार राती करिब १२ बजे घरमा छिर्न लागेकी कुमालमाथि अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट घाँटीको दाहिने भागमा गहिरो चोट लागेकी कुमाललाई उपचारका लागि तनहुँस्थित लक्ष्मी समुदायिक अस्पताल डुम्रे पुर्‍याइएको थियो।

डुम्रेबाट दमौली अस्पताल तनहुँ रेफर भएकी कुमालको उपचारकै क्रममा राती २ बजे मृत्यु प्रहरीले जनाएको छ।