प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन, यस्तो छ रुट

काठमाडौं । नेपाल प्रहरीले दसैँमा काठमाडौँ उपत्यकाका लागि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रहरीले शुक्रबार र शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । दसैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले हरेक दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ । यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन्।