श्रीमतीले डिभोर्स मागेपछि श्रीमानद्वारा हाम फालेर आत्महत्या

सांकेतिक तस्बिर

रुकुमपश्चिम । दसैं टीकाको दिन झोलुंङ्गे पुलबाट हाम फालेका युवकको घटनास्थलमै मृत्यु भएको छ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय बुद्धिराम बोहराले शनिबार दिउँसो ४ बजेतिर स्थानीय झोलुंङ्गे पुलबाट हाम्फालेका थिए ।

मठ र सल्ले जोड्ने झोलुङगे पुलबाट हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी नवराज पोख्रेलले बताए । पुलबाट करिब ६ सय मिटर मुनि बोहराले हाम्फालेका थिए ।

प्रहरीको पारम्भिक अनुसन्धान अनुसार श्रीमतीले डिभोर्स मागेपछि उनले पुलबाट हाम फालेको खलेको छ । डिएसपी पोख्रेलले भने, ‘घरायसी समस्या देखिन्छ।

श्रीमतीले डिभोर्स मागेको हुँदा मरिदिन्छु भन्दै हाम फालको भन्ने खुलेको छ। उनले थप कुरा अनुसन्धान पछि मात्र खुल्ने बताए।

एक युवकले पुलबाट हामफालेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक नेतृत्वको ११ सदस्य टोली घटनास्थल पुगेको थियो। बोहराको शव जिल्ला अस्पताल सल्लेमा राखिएको छ।