आजदेखि खुले सरकारी कार्यालय

काठमाडौं। दशैँ विदापछि आजदेखि सरकारी कार्यालय खुलेका छन्। बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय खुलेका हुन्।

सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका छन्।

दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणसमेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको छ।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ।