भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार, साउन र भदौमा गरी दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ। साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको थियो।

अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा यो १८.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

दुई महिनाको अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ।