श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं।रूपन्देहीको देवदहमा एक व्यक्तिले आफ्नै श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन्।

देवदह नगरपालिका-९ डाँडा टोलका दशरथ चौधरीले आफ्नै श्रीमती सुनिता भट्टराईको चक्कु प्रहार गरी हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार चौधरीले श्रीमती सुनितामाथि मंगलबार साँझ सात बजेतिर चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सुनितालाई घर परिवार तथा स्थानीयले उद्धार गरी देवदह मेडिकल कलेज लगेकोमा मंगलबार राति नै उनको उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीले श्रीमतीमाथि चक्कु प्रहार गर्ने चौधरीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।