तीन दलका शीर्ष नेताहरु बालुवाटारमा, शान्ति प्रक्रियालाई टुंग्याउनेबारे छलफल

काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी छन्।

बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।