आर्थिक अनियमितताको आरोप लागेपछि मोरङका एसपी कार्कीको जिम्मेवारी खोसियो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीको जिम्मेवारी खोसिएको छ ।

आर्थिक अनियमिततामा मुछिएको पाइएपछि उनको जिम्मेवारी खोसेर प्रहरी हेडक्वार्टर तानिएको हो।

कार्कीको ठाउँमा अपराध अनुसन्धान कार्यालयका अर्का एसपी राजन लिम्बूलाई पठाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले एसपी नवराज कार्कीलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए।

 उनले सरुवाको कारण भने आफुलाई जानकारी नभएको बताए।

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ।