आफ्नै श्रीमानको संलग्नतामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार
काठमाडौं । मकवानपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । आफ्नै श्रीमानको संलग्नतामा मनहरी गाउँपालिका–५ की ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३० असोजमा ती महिलालाई आफ्नै ६० वर्षीय श्रीमान र अन्य १९ र २० वर्षका दुई किशोरले घरमै सामूहिक बलात्कार गरेका हुन् ।
ती महिलाले आफ्नै श्रीमानले अन्य दुईजना युवकलाई सहभागी गराएर आफूमाथि बलात्कार गरेको भन्दै १ कात्तिक जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् ।
उनको जाहेरीका आधारमा श्रीमान पक्राउ परेका छन्। मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक श्यामु अर्यालले उनका श्रीमानलाई पक्राउ गरिएको र अन्य आरोपित दुई युवा फरार रहेको जानकारी दिए।
पीडित महिलालाई अहिले सेफ हाउसमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।