निषेधाज्ञाबीच पोखराको स्थिति तनावग्रस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त बनेको छ।

महानगर क्षेत्रमा प्रदर्शन,जुलुस,हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो।

अदालतअघि भेला भएका रास्वपाका नेता,कार्यकर्ता,समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ।

उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शन भइरहेको ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पु¥याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अहिले अदालतमा उपस्थित गराएको छ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा चलाउने प्रहरीको तयारी छ।