कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कतार सरकारलाई एक जोडी हात्ती उपहार दिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक जोडी हात्ती कतार सरकारलाई उपहार दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ।