सञ्चालनमा आयो हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौं सडक

काठमाडौं । हेटौँडा काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मत सकेपछि सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको जानकारी दिए ।

गत असोज १० देखि १२ गतेसम्मको वर्षासँगै बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो। तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो।