रवि पक्राउको विरोधमा आज पनि रास्वपाको प्रदर्शन

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गरेको छ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै पोखरामा तीन दिनदेखि गर्दै आएको प्रदर्शनलाई आज ९सोमबार० पनि निरन्तरता दिएको हो।

पोखराको पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाए ।

त्यस्तै उनको निर्वाचन क्षेत्र चितवन २ मा पनि ‘निलो क्रान्ति जिन्दावाद १’ लेखिएको प्लेकार्ड बोकेर समर्थक र कार्यकर्ता सडकमा उत्रिएका छन् ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ। रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ।