साढे २० लाख भारुसहित कपिलवस्तुबाट २ भारतीय नागरिक पक्राउ

काठमाडौं। कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

सोमबार बेलुकी कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो।

यूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए।

उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए।

पउनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।