सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालयमा बस्ने भएको हो।

बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत समसामयीक विषयमा छलफल हुने कार्यसूची रहेको छ।