बालुवाटारमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूबीच सवालजवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेतनाहरुबीच सोमबार बालुवाटारमा भएको सवालजवाफ सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सोमवार राति बालुवाटारमा भएको विपक्षी दलका नेताहरूसँगको सवाल जवाफलाई सामाजिक सञ्जालमार्फत जस्ताको त्यस्तै सार्वजनिक गरेका हुन्।

ज्ञापनपत्र बुझाउन गएका नेताहरूबाट विभिन्न भनाइ आएपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले चार बुँदे सवाल जवाफ सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री ओलीले विपक्षी दलहरुसँगको बैठकमा आफूले रवि लामिछानेमाथि प्रतिशोध नसाँधेको र आफूलाई तानाशाही भन्दा पनि जवाफ नदिएर बसेको बताएका छन् ।

‘मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन,’ उनले भनेका छन्, ‘मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयम् रविजीले गठन गरौँ भनेपछि समिति बन्यो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो।

उनले आफूलाई तानाशाही भनिएको बताउँदै अगाडी भनेका छन्, ‘अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलार्य कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले त्यसो गर्नु राम्रो होइन ।

रिमालका अनुसार, विपक्षी दल र प्रधानमन्त्रीबीचको संवादः
विपक्षः पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ?

प्रधानमन्त्रीः मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

विपक्षः पूर्वाग्रह, तानाशाही‘ 

प्रधानमन्त्रीः अहिले कतिपय ठाउँमा मलाई ‘तानाशाह’ भनेर अवाञ्छित गालीगलौज गरिएको छ। थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन। मलाई कुनै स्टन्टबाजी गर्नु छैन। साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन।

मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।

विपक्षः राजनीति दलसम्बन्धी अध्यादेश‘

प्रधानमन्त्रीः विगतमा नेकपा ९एमाले० लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।

विपक्षः विपद् र राहतको विषय‘

प्रधानमन्त्रीः मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको छ। यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ।