सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा?

काठमाडौं। सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर एक लाख ६५ हजार ९ सय पुगेको छ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।