क्रिप्टो कारोबारीसँग रकम असुली घटनामा २ प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

क्रिप्टोकारोबारीलाई छाड्न आरोपितकै परिवारसँग रकम असुल गरी छाडेको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्माविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरु परिसरको हिरासतमा छन् । अर्का प्रतिवादी तेजबहादुर तामाङ भने फरार छन् । उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ।