रुपन्देशीमा छविलाल जोशीको बयान सुरु

काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई सोमबार साँझ भैरहवा ल्याइ आजबाट जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिन थालिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देहीमा पठाएको हो। उनको बयान सकेर आज या भोलि कास्की पठाउने तयारी छ।