आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।

अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ।

कर्णाली प्रदेशको एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज​ दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।