प्रचण्डसहित विपक्षी दलका शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।

स्रोतका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट हुन लागेको जानकारी दिए।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए।