कोटेश्वरबाट अपहरणमा परेका महिलाको उद्धार, १ जना पक्राउ

काठमाडौं। काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएको महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ।

काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए।

बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन्। अपहरणमा संलग्न एकजना फरार छन्।