रास्वपाले भन्यो- राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको बताएको छ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेसम्म आफूहरुको दाबी भएपनि शुक्रबार साँझको घटनाले त्यसको पुष्टि गरेको बताएका हुन्।

हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टामात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाइ छ।

राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो, हिजो साँझबाट त्यसको पुष्टि भएको छ’ वाग्ले भने,शुक्रबार दिउँसो पक्राउ गरियो ।

हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ ।उनले त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिएको बताउँदै भने,आलटाल गर्ने । के उहाँलाई यहाँ दालभात खुवाउन ल्याएको हो ?

के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै वाग्लेले आक्रोश पोख्दै भने,तयारी थिएन पहिला? के सोध्ने भन्ने थाहा छैन? पहिला थुन्ने अनि सोध्न थाल्ने?

यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ। यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन्।

रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पहिलोपटक दिएको म्याद आज सकिँदै छ।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुनेगरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ।

सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराउँदै छ।