दुई बालिका बलात्कार आरोपमा सशस्त्रका २ हवल्दार पक्राउ

काठमाडौं । बालिका बलात्कारको आरोपमा दाङमा सशस्त्र प्रहरीका दुई हवल्दार पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ न. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन्।

गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

बलात्कारको आरोप लागेका दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए। उनले घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिए।