कञ्चनपुरमा एक दम्पतीको हत्या

काठमाडौं । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ। लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हो ।

उनीहरू दुवै जनाको शरीरमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आज बिहान आफ्नै घरको आँगनमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए।

‘घटना शङ्कास्पद छ। मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ,उनले भने।

तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाबारे अनुसन्धान थालेको धनगढी प्रहरीले जनाएको छ।