सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थित रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको हो। चाँदीको मूल्य भने घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ।

अघिल्लो दिन दुई हजार ९५ रुपैयाँ कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।