यस्ता छन् मन्त्रिपरिषद बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले बबई सिँचाइ आयोजनाको लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने लगायतका १२ वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने, स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत-महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिल बमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने लगायतका निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु