सरकारविरुद्ध माओवादीले आज खबरदारी सभा गर्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ।

केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो।
भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी छ।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ।

त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन्। जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ।

सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने सिंखडाले जानकारी दिए। सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ।