गैरहाजिर १२ प्रहरीलाई कारबाहीको चेतावनी (पत्रसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयको कानुन शाखाले सूचना जारी गर्दै प्रहरी नायब निरीक्षक अशोक दर्नालसहित १२ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउन भनिएको छ । यदि यो सूचना पनि बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी दिइएको छ ।

हेर्नुहोस् गैरहाजिर भएका प्रहरीको नामावली–