अज्ञात समूहद्वारा यादवको हत्या

बारा । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ।

महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको आज हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए।

गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताउनुभयो।

यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।