लिग-२ मा आज नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा आज नेपालले आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको ड्यालसमा नेपाली समयअनुसार राति ९ः १५ बजेदेखि सुरु हुनेछ ।

लिगमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ । नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ ।

घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले नौ खेल खेल्दा ६ जित र तीन हारसहित १२ अंक जोडेको छ ।

यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकाले स्कटल्यान्डविरुद्ध १० विकेटले पराजित भएको थियो । शृंखलामा नेपालको भने यो पहिलो खेल हो ।

अमेरिका र नेपालबीच लिग–२ अघि तीन खेलको ट्वान्टी–२० शृंखला भएको थियो । उक्त शृंखला नेपालले ‘ह्वाइट वास’ गरेको थियो । आज नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

अमेरिका र नेपालबीच भएका पछिल्ला पाँच एकदिवसीय खेलमध्ये दुवै टिमले समान दुई खेल जितेका छन् । यी दुई टिमबीचको अर्को एक खेल भने ‘टाइ’ भएको थियो । आजको खेलपछि नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।