काठमाडौंको रानीवनबाट पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थायी ठेगाना भएका २५ वर्षीय अनिल खड्का रहेका छन्।

पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाएको भन्ने सूचनाका आधारमा खड्काको डेरामा खोजतास गर्दा पेस्तोल र खाली म्यागजीनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार युवाको डेरामा खानतलास गर्दा ‘अटो पिस्तल यूएसए ६५ नं १’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद भएको हो । प्रहरी वृत्त स्यम्भुबाट प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।