हामीलाई सत्ताको लेनदेनसँग चासो छैन: अध्यक्ष नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने बताएका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसकिने बताएका हुन्।

म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु’ अध्यक्ष नेपालले भने,अरू केही भ्रममा नपर्नुस्, दुई ठूला पार्टीले यो सरकार पूरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।

देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गर्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष नेपालले भने, ‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन। हामीलाई राष्ट्र र जनताको हितको मतलब छ।

भ्रष्टाचारीको उन्मुलन हामीले चाहेका हौँ। रोजगारी र उत्पादन क्षेत्रको विकासमा जोड दिएका छौँ।