६ हजार बढी सहकारी बचतकर्ताले पाए पूरै रकम फिर्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणले हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएको विवरण सार्वजनिक गरेको छ ।

मङ्गलबार मन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो। विवरणअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ।

कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ । उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

गत आर्थिक वर्ष २०८०/८१ सम्म १ हजार २०० जनाको मागदाबी राफसाफ गरिएको थियो। जसअनुसार उनीहरूले ८३ हरोड ६५ लाख रकम फिर्ता पाएका थिए।

चालु आव २०८१/८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको छ।