काठमाडौं महानगरले टुँडिखेल,सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ।

महानगरपालिकाको टँडिखेल, सानौ गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी गरेको हो।

लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

बिहानैदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्दैछन् ।

आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन्।