आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी दुई वायुको प्रभावले शनिबार बिहान कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति कोशी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा राति पनि हल्का हिमपात हुने पूर्वानुमान गरेको छ।