रास्वपाले स्थानीय तह उपनिर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ ।
पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ ।
रास्वपले उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने भएको छ।
त्यस्तै, रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ।
१६ मंसिरमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ।