जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न)स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मातृशिशु अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पतालमा ती परीक्षण गरिने छ ।
विश्वमा छ प्रतिशत बालबालिकामा जन्मिना साथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए।