तेस्रो जनआन्दोलनको तयारीमा जुटौं: अध्यक्ष शाह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पार्टीको विधि, पद्धति, सिद्धान्त, बिचार अनुसार मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन्

एमाले परित्याग गरेका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउदै अध्यक्ष शाहले अहिलेको व्यवस्थाले मुलुक र समाजको निर्माण नहुने बताउँदै आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि हुने तेस्रो जनआन्दोलनको तयारीमा जुट्न निर्देशन दिए ।

अहिलेको भ्रष्ट एवं लुटकारी दलाल दलतन्त्रका बिरुद्धमा आम जनता सडकमा आउन तयार रहेको बताउदै उनले संगठन निर्माण गर्दै आम जनताको हकअधिकारका लागि जुटनुपर्ने बताए ।

रौतहटमा आयोजित एक कार्यक्रमका बीचमा एमाले गुजरा नगरकमिटीका उपाध्यक्ष शेख इजहार आलम, एमाले सप्तरी जिल्ला नेता प्रभुनारायण यादव, महोत्तरी जिल्ला निवासी समाजसेवी एवं व्यवसायी शंकर श्रेष्ठ लगायतका आजपामा प्रवेश गरेका हुन् ।

श्रेष्ठ समाजसेवीका साथै नेपाल मानव अधिकार संगठनको मधेस प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य समेत हुन् । समाजसेवा एवं मुलुक निर्माणमा निरन्तर लागेका नवप्रवेशी नेताहरुले आजपा पार्टी निर्माण र पार्टीको बिचार, सिद्धान्तको पालना गर्दै संगठन विस्तारको अभियानमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिल्टु यादव, केन्द्रीय सदस्य इन्जिनियर प्रमोद राणा शाह लगायतको विशेष सहभागिता रहेको थियो।