प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको पुष्टी भएको छ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा। दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरेकी हुन्।

पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको उनले बताइन्।

मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्।