सुदूरपश्चिम प्रदेशले जित्यो यू-१९ क्रिकेटको उपाधि

काठमाडौं। नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडिआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।

बुधबार लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो।

१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३।१ ओभरमा ११९ रनमा अलआउट गरेको थियो।

लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समिर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए।

सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए।

लुम्बिनीका सन्तोष यादवले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए। अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई पराजित गरेर उपाधि हात पारेको थियो।