काठमाडौंबाट जुवा खेलिरहेका ११ जना पक्राउ
काठमाडौं। काठमाडौंबाट जुवा खेलेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ३६ वर्षीय दिपक लामिछानेको घरबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेको अवस्थामा लामिछानेसमेत ११ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रूपैयाँ, १६ वटा कौडा र ३ बुक ताससहित पक्राउ गरेको हो।
प्रहरीले यसको अनुसन्धान गरिरहेको जनाएको छ।