रविलाई अदालतमा उपस्थित गराइयो
पोखरा । सहकारीको रकम अपचलन मुद्दामा हाल प्रहरी हिरासतमा रहेका पुर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमाथि चौथोपटक म्याद थपका लागि अदालत उपस्थित गराइएको छ।
यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो। रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।