एमालेका विवादित पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा,आजै काठमाडौं ल्याउने तयारी
काठमाडौं । जापान भ्रमणका क्रममा मानव बेच विखनको आरोपमा लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइने तयारी गरिएको छ। उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको हो।
प्रहरी स्रोतका अनुसार पूर्वमन्त्री अधिकारीलाई नियन्त्रण लिन काठमाडौंबाट विशेष प्रहरीको टोली विराटनर पुगेको छ। स्रोतका अनुसार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
अधिकारी आफैँले प्रहरीमा आत्मसमर्पण गरेको बताइएको छ। उनलाई आजै काठमाडौं ल्याइएको भएको छ।
स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।
मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो।
शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो। उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन्।