भैरहवामा रविसँग तेस्रो दिन बयान सुरु
काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान लिन सुरु गरिएको छ।
कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार रुपन्देही ल्याइएको थियो।
बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान लिन सुरु गरिएकोमा नसकिएपछि आज तेस्रो दिन पनि बयान लिइएको हो।
आज बयान सकेर कास्की पठाउने योजना रहेको प्रहरीले जनाएको छ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा अनुसन्धान अघि बढेको हो।