राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाको प्रथम राष्ट्रिय भेला सम्पन्न,अध्यक्षमा इन्दिरा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। उक्त भेलाले पार्टीकी कार्यालय सदस्य इन्दिरा अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको जनाएको छ।

सो पार्टीले अध्यक्षमा इन्दिरा अधिकारी र सचिवमा कृष्ण अधिकारीलगायतका निर्वाचित गरेको जनाएको छ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका संयोजक बसन्त बोगटी रहेका थिए।र मुक्ति क्रान्तिले मात्र जनताको मुक्ति सम्भव रहेकोले आम जनताले साथ दिनेमा आफू विश्वस्त रहेको बताए।

उनले भने अब जनताको पार्टी भनेकाे नेपाल कम्युनिस्ट पार्टी मात्र भएको बताए। पुराना पार्टीका भ्रष्ट र दलाल नेताले जनताको रगत चुस्न सम्म चुसेकाे बताए। अब जनताको रक्षा आफ्नो पार्टीले गर्ने र मुक्ति क्रान्तिले मात्र जनताको रक्षा गर्न सक्ने बताए। आफ्नो पार्टीले श्रमजीवी र किसानहरूकाे पक्षमा सधैं काम गर्ने बताए। राष्ट्रिय क्रान्तिकारी संयुक्त मार्चाकाे प्रथम भेलाकाे महत्त्व छुट्टै किसिमको रहेको बताए।

त्यस्तै बिशेष अतिथि पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलले गरेका थिए। सहसंयोजक गजुरेलले अहिलेको राज्य व्यवस्थाले जनताको भलाइ गर्न नसकेकोले अब मुक्ति क्रान्तिले मात्र जनताको भलाइ गर्न सक्ने बताए। र अबको बाटो मुक्ति क्रान्ति मात्र भएकोले सबै देशभक्त एक ठाउँमा आउनुपर्ने बेला भइसकेको बताए।

उनले भने जनताको व्यवस्था ल्याउन मुक्ति क्रान्ति नै आवश्यक भएकोले सबै आमनागरिक लामबद्ध हुने बेला भएको बताए।

उनले भने हामीले यो पार्टी त्यतिकै स्थापना गरेको होइन,भ्रष्ट,दलाल र घुसखोरीहरूलाई तहलगाउन स्थापना भएको पार्टी हो।

हामी मुक्ति क्रान्तिलाई देशव्यापी बनाउदै भ्रष्ट र दलालहरूको लिस्ट तयार पारेर जनकारबाही गर्नेसम्मको योजना रहेको सहसंयोजक गजुरेलले बताए। उनले भने यो मुक्ति क्रान्तिलाई कसैले ख्याल ख्याल ठानेको छ भने यसको ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउने चेतावनी दिए।

राष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम भेलाले ठूलो अर्थ राखेको र कसैले संख्यामा हिसाब गरे ठूलो भूल गर्ने बताए।

त्यस्तै कार्यक्रममा सहभागी नेताहरूमा पार्टीका संयोजक बसन्त बोगटी,सहसंयोजक हरिकृष्ण गजुरेल,कार्यलय सदस्य अर्जुन, इन्दिरा अधिकारी,शिलु न्यौपाने,सुनिता बुढाथोकी, सचिवालय सदस्य विकल्प,कृष्ण अधिकारी, केन्द्रीय धर्तीलगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे भने मङ्सिर १ गते राष्ट्रिय भेला काठमाडौंको एक होटेलमा सम्पन्न गरिएको थियोे।