मकालुले अन्तराष्ट्रिय उडान थालेसँगै नेपाल एयरलाइन्सको चारवटै विमान सञ्चालन

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु ९एन–एएलजेड विमानले नियमित उडान सुरु गरेको ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको हो।

आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

मकालुले उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।